+
+

चितवन-१ मा कांग्रेसबाट राज्यमन्त्री श्रेष्ठ, स्वर्णिम वाग्ले र विश्व पौडेलको दावी

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ १४ गते १८:४५

१४ भदौ, चितवन । चितवन निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।

उनीहरुसँगै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि उम्मेदवार हुने आकांक्षा राखेर नाम दर्ता गराएका कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीले जानकारी दिए ।

उम्मेदवार बन्न आकांक्षा राख्नेमा बुर्लाकोटीबाहेक सबै नयाँ अनुहार हुन् । यसअघि २०७० र २०७४ को निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र पाण्डे निर्वाचित हुँदा उनीसँग बुर्लाकोटी पराजित भएका थिए ।

चितवन-१ को क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षीहरुलाई मंगलबार दावी पेश गर्न आग्रह गरेको थियो । क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न नाम दर्ता गराएका आकांक्षीहरुसँग छलफल गर्ने बताएको छ ।

क्षेत्रीय सभापति ओलीले सकेसम्म सहमतिमै उम्मेदवार चयन गरिने बताए । ‘सकेसम्म सर्वसम्मत रुपमा नाम चयन गर्छौं, सर्वसम्मत हुन नसकेमा मतदानबाट टुंगो लगाउँछौं’ उनले भने ।

क्षेत्र नं. १ बाट समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा पूर्व सांसद सावित्रीदेवी चौधरी, पूर्वमन्त्री सावित्री बोगटी पाठक,  जोखाप्रसाद चौधरी, सुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापा छन् ।

नेपाली कांग्रेस चितवनले १७ गतेसम्म जिल्लामा आकांक्षीहरुको नाम पठाउन क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । चितवनको क्षेत्र नं. २ र ३  भने उम्मेदवार बन्ने चाहाना राख्नेलाई वुधबार नाम दर्ता गराउन भनिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?