+
+

कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १०:५८

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् ।

उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै  आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए ।

इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?