+
+

सप्तरीमा रेणु यादवका छोरा उम्मेदवार सिफारिसमै परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:५५

१५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् ।

उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल रुपमा सिफारिस गरेको छ ।

अनिरुद्र बोदे बर्साईन नगरपालिका मेयर आतेशकुमार सिंहका बाबु हुन् भने राष्ट्रियसभा सदस्य तथा  कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवका भाइ हुन् ।

२०७४ को निर्वाचनमा अभिषेक यो क्षेत्रबाट ९ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३३६ मत पाएका थिए ।

जसपाका क्षेत्रीय अध्यक्ष मनोज यादवले अनिरुद्रको नाममा सर्वसम्मति भएकाले एक जनाको मात्र नाम सिफरिस गरेको बताए ।

यो क्षेत्रबाट समानुपातिक निर्वाचन पद्धतितर्फ गीता यादव, किरणदेवी यादव, भजनी देवी ठाकुर, विमला देवी यादव र मोहम्द अजमत अलीको नाम सिफारिस गरेको अध्यक्ष यादवले बताए ।
यसअघि पार्टीले अभिषेकको नाम पार्टीको प्रदेश कमिटीबाट पनि हटाएको थियो । स्थानीय कार्यकर्ताले यसलाई पार्टीले कार्वाहीको गरेको रुपमा बुझ्न थालेका छन् ।

अभिषेकले क्षेत्रीय समितिको निर्णयमा आपत्ति जनाएका छन् । आफूले पार्टी पनि नछाडेको, राजीनामा पनि नदिएको अवस्थामा यस्तो निर्णय गरिनु दु:खद भएको उनले प्रतिक्रिया दिए । उनले आफू चुनावमा उम्मेदवार बन्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?