+
+

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:१२

काठमाडौं । सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्ने छन् । योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ उपभोक्ता योजनाको बारेमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ उपभोत्ताहरुको जीवनलाई सहज बनाउनका लागि सधै प्रतिबद्ध रहेको बताए ।

योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा ई–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरिद गरेकै हुनु पर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिने छ । गोलाप्रथा साप्ताहिक रुपमा गरिने जनाएको छ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा सञ्चालन गरिने र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?