+
+

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट भदौ २३ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २०:५९

१५ भदौ, काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।

तर नवौं खेलकुद अन्तर्गतकै पुरुष क्रिकेट भने त्यसको एक महिनाअघि नै आयोजना गर्न लागिएको छ, त्यो पनि काठमाडौंमा ।

नेपाल क्रिकेट संघ (क्यान) ले असोज ८ देखि कात्तिक ५ गतेसम्म पहिलो संस्करणको नेपाल टी‍-२० लिग आयोजना गर्ने तयारी गरेको छ । त्यसैले लिगसँग समय जुधेकोले क्यानले राष्ट्रिय खेलकुद परिषद र नवौंमा सहभागी हुने टिमसँग समन्वय गरेर पुरुष क्रिकेट अगाडि नै गर्न व्यवस्था मिलाएको हो ।

बृहत राष्ट्रिय खेलकुद सरकारको कार्यक्रम अन्तर्गत रहेपनि नवौंमा समावेश खेलहरु सम्बन्धित संघले नै व्यवस्थापन गर्नेछन् । क्यानले नवौंमा सहभागी सात प्रदेश, तीन विभाग र गैरआवसीय नेपाली संघगरी ११ वटै टिमसँग समन्वय गरेर मिति तय गरेको हो ।

यस अनुसार भदौ २३ देखि ३१ गतेसम्म पुरुष क्रिकेट गर्ने तयारी रहेको क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिए । पुरुष क्रिकेट कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको तल्लो मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदले यसबारे छिटै मिति सार्वजनिक गर्ने मल्लले बताए । सहभागी ११ टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?