+
+

हिम इलेक्ट्रोनिक्सले गर्‍यो दरबारमार्गको शोरुम अपग्रेड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:३५

काठमाडौं । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्ग शोरुमलाई अपग्रेड गरेको छ । कम्पनीले शोरुमलाई देशकै पहिलो ‘जीएसआई’ ४.० बनाएको जनाएको छ ।

यस्तै हिम इलेक्ट्रोनिक्सले काठमाडौंको खुसीबुमा नयाँ सामसुङ स्मार्ट प्लाजा शाखाको उद्घाटन गरेको जनाएको छ । शोरुमको उद्घाटन सामसुङ साउथवेस्ट एशिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका छन् ।

उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र ६ आउटलेट सञ्चालनमा रहेको बताइन् । उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको बताइन् ।

सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामग्रीहरू बिक्री गर्छ । हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?