+
+

कोशी प्रदेश : मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १३:२१

२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए । कार्कीले दाबी पेस गरेको एक घण्टापछि प्रदेश प्रमुखले बोलाएर सनाखत सुरु गरेका हुन् ।

२७ असोजमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाखसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले २६ वैशाख राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?