+
+
Shares

तीन तहको सम्बन्ध बलियो बनाए मात्रै संघीयता बलियो बन्छ : सभामुख विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्ध बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्था प्रभावकारी हुने बताएका छन् ।
  • विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा उहाँले संविधानलाई हुबहु कार्यान्वयन गर्न र प्रदेशलाई बलियो बनाउनु पर्ने बताउनुभयो ।
  • उहाँले प्रदेश सभालाई बलियो नबनाई प्रदेश सरकार बलियो हुन नसक्ने भन्दै प्रदेशका समिति र सभाको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

२७ असोज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।

आज विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् ।

सभामुख विष्टले प्रदेश सभालाई बलियो नबनाई प्रदेश सरकार बलियो हुन नसक्ने स्पष्ट पारे । प्रदेश सरकारले गरेका कामहरूको निगरानी गर्न, सचेत गराउन र प्रभावकारी बनाउन प्रदेशका समितिहरू तथा प्रदेश सभाहरु नै बलियो हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?