अम्बरबहादुर विष्ट/फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्ध बलियो र प्रगाढ बनाएर मात्र संघीय व्यवस्था प्रभावकारी हुने बताएका छन्।
- अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा उनले संविधानलाई हुबहु कार्यान्वयन गर्न र प्रदेशलाई बलियो बनाउनुपर्ने बताए।
- विष्टले प्रदेश सभा र समितिहरू बलियो नभई प्रदेश सरकार बलियो नहुने भन्दै निगरानी र सचेत गराउने भूमिका जोड दिए।
२७ असाेज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।
अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् ।
सभामुख विष्टले प्रदेश सभालाई बलियो नबनाई प्रदेश सरकार बलियो हुन नसक्ने स्पष्ट पारे ।
प्रदेश सरकारले गरेका कामहरूको निगरानी गर्न, सचेत गराउन र प्रभावकारी बनाउन प्रदेशका समितिहरू तथा प्रदेश सभाहरु नै बलियो हुनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4