+
+

३० औं वर्षगाँठ मनाउँदै १९७४ एडी, अमेरिकामा सांगीतिक टुर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १३:२९

काठमाडौं । चर्चित रक ब्यान्ड १९७४ एडीले आफ्नो स्थापनाको ३० औं वर्षगाँठ मनाउँदै छ । सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षकहरू मिलेर स्थापना भएको यस ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउँदै देश तथा विदेशमा विशेष कार्यक्रम गरिरहेको छ ।

यसै क्रममा वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अन्तर्गत ब्यान्डले अमेरिकाका ६ सहरमा कन्सर्ट गर्ने तयारी छ । ब्यान्ड सदस्यद्वय निराकार याकथुङ्बा, मनोजकुमार केसी र सञ्जय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह उतै बसोबास गरिरहेका छन् ।

सन् २००२ मा पुरानो ओरिजिनल लाइनअपले नै अमेरिका टुर थालेको सन् २००३ पछिको यो पहिलो कन्सर्ट हुनेछ । मे ११ मा अमेरिकाको मिनिसोटाबाट सुरु हुने कन्सर्ट जुन ८ मा सियाटलको कन्सर्टपछि समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए ।

अमेरिकापछि जापान, अस्ट्रेलिया लगायत देशमा पनि ३० औं वर्षगाँठको अवसरमा कन्सर्ट गर्ने तयारी भइरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?