+
+

शौचालय जाँदा लडेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १३:०८

५ जेठ, काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन् ।

सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए ।

अस्पतालमा उपचारका क्रममा उनले शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?