+
+

बागमतीमा प्रदेशसभामा विशेषाधिकार समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १३:१८

४ जेठ, हेटाैंडा । बागमती प्रदेशसभा बैठकले विशेषाधिकार समिति गठन गरेकाे छ ।

शनिबार बसेकाे प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन भएकाे हाे । माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालकाे प्रस्ताव र सबै दलकाे समर्थनमा  सभामुख भुवनकुमार पाठकले समिति सदस्य मनाेनयन गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिकाे सभापतिमा भागबण्डा मिलाउन शुक्रबार दलीय सहमतिअनुसार विशेषाधिकार समिति थप्ने निर्णय भएकाे थियाे ।

समिति सभापतिमा नेकपा एकीकृत समाजवादीबाट माया देवी शर्माले मात्र उम्मेदवारी दिने तयारी छ ।

१७ सदस्यीय विशेषाधिकार समितिमा नेपाली कांग्रेसका ४ जना, नेकपा एमाले र माओवादी केन्द्र र राप्रपाका ३/३ जना, एकीकृत समाजवादीका २, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीका १/१ एक जना रहेका छन् ।

समितिमा कांग्रेसबाट गोविन्द लम्साल, प्रभात तामाङ, रामकृष्ण चित्रकार र सुना परियार रहेका छन् । त्यस्तै नेकपा एमालेबाट कृष्णप्रसाद सिलवाल, जयराम थापा र विन्दु श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट देवेन्द्र श्रेष्ठ, रत्नप्रसाद ढकाल र सुष्पा भुजेल न्यौपाने, राप्रपाबाट गिरबहादुर तामाङ, धनेश्वरी प्रजापति र राजु विष्ट रहेका छन् ।

एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र मायादेवी शर्मा, हाम्रो नेपाली पार्टीबाट सरिता खड्गी र नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज गोंसाई सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?