News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ।
- मंगलबार नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरूले बागमती प्रदेश सरकार गठन तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
- प्रदेशसभाको रिक्त सभामुख नेकपाबाट निर्वाचित गर्ने र न्यूनतम साझा कार्यक्रम बनाउन ७ दिनको समयसहित समिति गठन गरिएको छ।
९ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ।
नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जम्कट्टेल, राप्रपा दलका नेता उद्धव थापा र मुख्यमन्त्री किरण थापाबीच यो सम्झौता भएको हो।
मंगलबार तीन दलबीच बागमती प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रदेशसभामा रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गरिने समझदारीपत्रमा उल्लेख छ ।
प्रदेश सरकार सञ्चालन सम्बन्धी न्युनतम साझा कार्यक्रम तयार पार्न ७ दिनको समय तोकी समिति गठन गरिएको छ।
उक्त समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण रावल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल, राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य रहनेछन्।
सरकार सञ्चालनका लागि सुरुमा नेकपा नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिने समझदारीपत्रमा उल्लेख छ । समझदारी पत्रमा मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाइने उल्लेख छ ।
मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको तर्फबाट र तेस्रोमा राप्रपाको तर्फबाट रहने समझदारी तीन दलबीच बनेको छ।

प्रतिक्रिया 4