News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ।
- थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ र थापाका लागि थप दुई सांसदले मौखिक सहमति जनाएका छन्।
- एमालेले थापामगरलाई मुख्यमन्त्री बनाउने उद्देश्यका साथ संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
२७ साउन, हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
हैटौडास्थित एमाले दलको कार्यालयमा थपलियाविरुद्ध १६ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो । थपलिया हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ ।
थापाका अनुसार अरु दुई जना सांसदले पनि मौखिक सहमति दिएका छन् । एमालेले थापालाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4