News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाले बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन प्रदेशसभा सदस्य राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ।
- पार्टी निर्देशन, ह्विप र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरी सरकारमा सहभागी भएको आरोपमा राप्रपाले उनीहरूलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा पदमुक्त गरेको जनाएको छ।
- उपसभामुख अप्सरा चापागाईंले आवश्यक सिफारिस पेश गर्न प्रदेशसभा सचिवलाई संविधान र प्रदेशसभा सम्बन्धी कानुन अध्ययन गर्न निर्देशन दिएकी छन्।
८ भदौ, हेटौंडा । बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभालाई पत्राचार गरेको छ ।
उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र लेखेका हुन् ।
लिङ्देनले यसअघि राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न पत्रचार गरेका थिए ।
राप्रपाले पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा पदमुक्त गरेको जनाएको छ ।
उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गत ४ भदौमा मन्त्री नियुक्त गरेका थिए ।
राप्रपाले आइतबार पूर्ण सफाईको मौका दिँदै पुन: तीन मन्त्रीहरूमाथि स्पष्टीकरण सोधेको थियो । राप्रपाका दल नेता थापा र मन्त्रीहरूलाई पदमुक्त गर्ने पार्टीको पत्र प्रदेशसभा सचिवालयले विचाराधीन अवस्थामा राखेको छ ।
उपसभामुख चापागाईंले नेपालका संविधान, प्रदेशसभा सम्बन्धी कानुन तथा अन्य प्रचलित व्यवस्थाको अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएकी छन् ।
प्रतिक्रिया 4