+
+
Shares

इरान पुगे पाकिस्तानी सेनापति, प्रमुख नेताहरूसँग भेटवार्ता गर्ने

तेहरानमा मुनिरले इरानका शीर्षस्थ नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । पछिल्लो छ महिनामा मुनिरको यो चौथो तेहरान यात्रा हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते २१:२८

८ भदौ, काठमाडौं । पाकिस्तानी सेना प्रमुख आसिम मुनिर सोमबार इरानको राजधानी तेहरान पुगेका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभागका अनुसार मुनिर अमेरिका र इरानबीच जारी तनावबारे कुराकानी गर्न तेहरान पुगेका हुन् ।

पाकिस्तानी सेनाले सेना प्रमुख मुनिरको यो यात्रालाई शान्ति र स्थिरता बढाउन र विवादको शान्तिपूर्ण समाधानका लागि पाकिस्तानले गरिरहेको प्रयासका रूपमा व्याख्या गरेको छ ।

तेहरानमा मुनिरले इरानका शीर्षस्थ नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । पछिल्लो छ महिनामा मुनिरको यो चौथो तेहरान यात्रा रहेको बताइएको छ ।

अमेरिका र इरानबीच जारी युद्ध रोक्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । पाकिस्तानकै मध्यस्थतामा दुई देशले इस्लामावाद सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । तर, स्टे«ट अफ होर्मुजको विषयलाई लिएर दुई देशबीच फेरि युद्ध चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?