News Summary
Generated by OK AI. Editorially reviewed.- हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन्।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेललाई राजीनामा गराएर हानेपालाई सरकारमा सामेल गराएका हुन् ।
- दुई सांसद रहेको हानेपा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएसँगै बागमतीमा एमाले र नेकपाको गठबन्धनलाई नयाँ राजनीतिक चुनौती थपिएको छ ।
१९ साउन, काभ्रेपलाञ्चोक । हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सामेल गराएका हुन् ।
यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेललाई राजीनामा गराएर हानेपालाई मन्त्री पद दिएर सरकारमा भित्र्याइएको हो ।
हानेपा कांग्रेस नेतृत्वको सरकारमा सामेल भएसँगै एमाले र नेकपालाई अर्को चुनौती आइपरेको छ । एमाले र नेकपाको गठबन्धनलाई राप्रपाले समर्थन नगरे हानेपासँग गठबन्धन गर्ने तयारी गरेका थिए । प्रदेशसभामा हानेपाका २ सांसद छन् ।
हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाको गठबन्धनमा बागमतीमा एमालेको सरकार बनाउने सहमति छ ।
प्रतिक्रिया 4