+
+

नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधिले भेटे अर्थ सचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १२:२६

१७ भदौ, काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिले अर्थ सचिव कृष्णहरि पुष्करसँग भेट गरेका छन् । भेटमा उनीहरुले नेपालमा भारतीय लगानी प्रबर्द्धन तथा संघसँग सहकार्य गर्ने विषयमा छलफल भएको संघले जनाएको छ ।

भेटमा स‌ंघकी अध्यक्ष सृजना राणाले नेपालको आर्थिक विकासमा भारतको सहयोग र लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।

नेपालमा भारतीय लगानी आकर्षित गर्न संघले आफ्रनो वृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना रहेको भन्दै अध्यक्ष राणाले त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगका लागि अनुरोध समेत गरेकी थिइन् ।

भारतीय पर्यटन प्रबर्द्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठक आयोजना गर्न भारतीय दूतावास मार्फत पहल भइरहेको उनले जानकारी दिइन् । सोही बिषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धी कफिटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष राणाको भनाइ थियो ।

संघकी अध्यक्ष राणासहित संघका उपाध्यक्षद्वय सुनिल केसी र हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिर्देशक केशवमान सिंह तथा उपनिर्देशक मार्शल राठौरको प्रतिनिधि टोलीले अर्थ सचिव पुष्करसँग भेट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?