+
+

सेब र दीक्षालयलाई युरो कप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १९:४०

१७ भदौ, काठमाडौं । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७-३७ ले पराजित गर्‍यो । सेबका रोशन घलेले १६ अंक जोडे ।

सिनियर गर्ल्समा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३–१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाई २१–१८ ले हरायो । युरोका सेसिल चक्रधर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक/प्रिन्सिपल शैलाजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले पुरस्कृत गरे ।

भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?