+
+

रोल्पा कांग्रेसमा प्रदेश सभाका आकांक्षी धेरै, अमरसिंह पुन दुवैतिर सिफारिस

महेश न्यौपाने महेश न्यौपाने
२०७९ भदौ १९ गते ६:३८

१९ भाद्र, रोल्पा । नेपाली कांग्रेस रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरसिंह पुनमगर, टेकबहादुर बस्नेत र शंकवहादुर छन्त्यालको नाम सिफारिस गरेको छ ।

पुनमगर पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् पूर्वराज्यमन्त्री हुन् भने बस्नेत र छन्त्याल पार्टीको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् ।

समानुपातिक तर्फ सुरेन्द्र हमाल र भीमकुमारी बुढामगरलाई सिफारिस गरेको छ । हमाल र बढामगर संघीय सरकारका पूर्वसहायक मन्त्री हुन् । हमाल रोल्पा कांग्रेसका संस्थापक सभापति समेत हुन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नंं क मा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बढाथोकी, पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्काको नाम प्राप्त भएको छ ।

प्रदेश सभा (क) को समानुपातिकतर्फ माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोकामगर, देवा आचार्य, महेन्द्र पुनमगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीमबहादुर विष्ट, इन्द्रवहादुर खत्री, मनिकला रानामगर र लालकुमारी पुनमगरको नाम प्राप्त भएको छ ।

प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ अमरसिंह पुनमगरको एकल नाम सिफारिस भएको छ । समानुपातिक तर्फ गोपाल घर्तीमगर र रती कामीको नाम सिफारिस भएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

प्रदेश सभा (क) मा धेरै आकांक्षी देखिएकाले नाम मात्र प्राप्त भएको छ निर्णय भएको छैन । प्रतिनिधि सभा र प्रदेश सभा (ख) को भने निर्णय सहित सिफारिस भइसकेको छ सचिव थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?