
१९ भदौ, काठमाडौं । स्पानिस ला लिगामा साविक विजेता रियल मड्रिडले शनिबर राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । रियल मड्रिड यस सिजन खेलेका सबै ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको छ । ४ खेलबाट १२ अंकसहित रियल शीर्ष स्थानमा छ । यसअघि चार खेलमा अपराजित रहेको बेटिसको भने यो पहिलो हार हो ।
घरेलु मैदानमा रियलका लागि भिनिसियस जुनियरले नवौँ र रोड्रीगोले ६५औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए ।
रियल मड्रिडसँग बेटिस हार्दा यसको फाइदा बार्सिलोनाले उठाएको छ । सेभियालाई ३-० ले हराउँदै बार्सिलोनाले पनि अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानमा उक्लेको छ ।
चार खेलबाट १० अंक जोडेको बार्सिलोनाले बेटिसलाई पराजित पारेको हो । बेटिस ९ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
बार्सिलोनालाई सेभियाको मैदानमा जित दिलाउन राफिन्हाले २१औं, रोवर्ट लेवान्डोस्कीले ३६औं र एरिक गार्सियाले ५०औं मिनेटमा गोल गरे ।
ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिड र रियल सोसिडमडले १-१ को बराबरी खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4