+
+

अपूर्व र परिवारबीच सहमति, ‘क्षमा पत्र’ लेखाएर छुटाउने प्रक्रिया थालिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते २१:५७

१८ भदौ, काठमाडौं । नेवार समुदायको भावनामाथि चोट पुर्‍याउने किमिसले व्यंग्य गरेको अभियोगमा थुनामा रहेका कमेडियन अपूर्व क्षितिजलाई ‘क्षमा पत्र’ लेखाएर छुटाइने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा आइतबार क्षितिजका परिवार र जाहेरी दिने पक्षबीच भएको छलफलपछि क्षमा पत्र लेखाएर छाड्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

प्रहरीमा किटानी जाहेरी दिने टोलीको नेतृत्व गरेका यादवलाल कायस्थले दुवै पक्षबीच क्षमा पत्र लेखेर छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।

‘क्षमा पत्र लेखेर दुवै पक्षबीच हस्ताक्षर गरेर प्रहरीलाई बताउने कुरा भएको छ’ कायस्थले भने, ‘यसका लागि प्रहरीले पनि सहजिकरण गर्ने भनेको छ ।’ यो प्रक्रिया सोमबारबाट अघि बढ्नेछ र प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझाउने बताइएको छ ।

कायस्थले गत आइतबार नेवार समुदायमा उनीप्रति आक्रोश बढेकाले सुरक्षार्थ प्रहरी कार्यालय ल्याइएको दाबी गरे । ‘जनआक्रोश बढेको थियो, जे पनि हुनसक्छ भन्ने भयो । त्यसैले प्रहरीले हिरासतमा लिएको थियो’ कायस्थले अनलाइनखबरसँग भने, ‘वास्तवमा उनको अभिव्यक्ति सुन्न लायक थिएन ।’

छलफलका क्रममा क्षितिजका बुबाले गल्ती भएको स्वीकारेको उनले बताए । ‘व्यंङ्ग्यको नाममा कसैलाई गाली गर्न होच्याउन त पाइएन नि,’ उनी थप्छन्, ‘नेवार सभ्यता भनेको विश्वमा चिनिएको सभ्याता हो । योमाथि प्रहार गर्न पाइन्न ।’

जिल्ला प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार दुई पक्षबीच सहमति भए प्रहरीले त्यही अनुसार प्रक्रिया अघि बढाउँछ ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए । फेसबुकमार्फत माफी पनि मागेका थिए ।

‘मेरो मनसाय हसाउने थियो, मैले नेवारी संस्कृतिबारे राम्रो कुरा पनि बोलेको छु जस्तो लाग्छ, भिडियोमा मैले आफैंलाई पनि उडाएको छु, सबै कुरा हसाउनलाई मात्र गरेको हो’ उनले भनेका थिए, ‘कसैलाई हासो नलाग्न पनि सक्छ, त्यसका लागि माफी माग्न चाहन्छु, कसैलाई चित्त दुखेको भए माफ गरिदिनु होला ।’

उनले सामाजिक सञ्जालबाट भिडियोहरु हटाइसकेको बताउँदै यसलाई त्यतिमै टुंग्याइदिन पनि अनुरोध गरेका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा अघिल्लो आइतबार १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भयो । सोधपुछका लागि बोलाइएका कायस्थ त्यहीँ पक्राउ परे ।

सबै सामग्री हटाएर माफी माग्दा पनि थुनामा राखेको भन्दै उजुरीकर्ताहरुको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?