+
+

नेवार समुदायमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:२५
फाइल तस्वीर

काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो ।

यद्यपि, उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ भने उनले माफी पनि मागिसकेका छन् । एसपी मैनालीले सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

फेसबुकमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की पाएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफी समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?