+
+

घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १९:२०

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।

डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली (ट्रस) बनाउन प्रयोग भएका फलाम, जस्ताजन्य सामग्रीहरु हटाउने काम भइरहेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना दैनिक जसो भत्काइरहेको छ । आइतबार कोटेश्वर क्षेत्र वरपरको अनधिकृत संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्र वरपरका अवैध संरचना माथि डोजर चलाएर हटाउन सुरु गरेको हो ।

महानगरले मित्रनगर क्षेत्रमा रहेको होटल पीआर बाग्लुङ स्याङ्जा रहेको घरको वेसमेन्टमा जाने भर्‍याङमा डोजर चलाएको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?