+
+

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १७:२६

काठमाडौं । शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ ।

बलिउडमा अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम टिकट बिक्री निकै आक्रामक देखिएको छ ।

यसैबीच, ऋतिक रोशन र सैफअलि खान स्टारर ‘विक्रम वेधा’को ट्रेलर बिहीबार रिलिज हुँदैछ । अर्को रोचक कुरा, ‘ब्रह्मास्त्र’ हेर्ने दर्शकले पनि यसको ट्रेलरलाई हलमा हेर्न पाउने भएका छन् । ‘ब्रह्मास्त्र’ सुरु हुनुअघि ‘विक्रम वेधा’को ट्रेलर हलमा देखाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वभरका आठ हजार हलमा रिलिज हुन लागेको ‘ब्रह्मास्त्र’को समयमा आफ्नो फिल्मको ट्रेलर देखाउँदा धेरै दर्शकमाझ पुग्न सकिने भएपछि ‘विक्रम वेधा’का निर्माताले यो मौकालाई सदुपयोग गरेका हुन् ।

सेप्टेम्बर ३० मा रिलिज हुने तयारीमा रहेको ‘विक्रम वेधा’लाई पुष्कर गायत्रीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?