+
+

ओलीलाई फिल्म खेलाउने किरणको इच्छा, दशैंपछि औपचारिक प्रस्ताव राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते ११:५०

काठमाडौं । अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए ।

दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने पनि केसीले अनलाइनखबरलाई दिए । ‘यो पारिश्रमिक दुई दिनको हो र मैले उहाँका चार–पाँचवटा दृश्य राख्न खोजेको हुँ,’ उनले भने ।

‘दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’

पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाएर विश्व रेकर्ड राख्ने आफ्नो तयारी रहेको पनि केसीले सुनाए । ‘वामदेव गौतम पनि नाच्नुहुन्छ । प्रचण्ड पनि नाच्ने मान्छे हो । नाच्ने नेताले फिल्म खेल्छन् भने म खेलाउन तयार छु । यो मेरो नितान्त व्यक्तिगत रुचि हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?