+
+
Shares
राराब क्याम्पस शुल्क घोटाला प्रकरण :

दोषीलाई कारबाही गर्छौं, बेथितिको फाइल खोल्न सुरु गरेका छौं : उपकुलपति थापा

‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदन अनुसार दोषीलाई त्रिवि र प्रचलित कानुन अनुसार कारबाही गर्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ११:०६
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्प्पसमा विद्यार्थीको शुक्ल घोटाला गर्नेलाई कारबाही गर्ने बताएका छन् । उक्त क्याम्पसमा विद्यार्थीको शुल्कमा २० करोडभन्दा बढी भ्रष्टाचार भएको समाचार आएपछि उपकुलपति थापाले उक्त घोटालाको छानबिन प्रतिवेदनको अध्ययन गरिरहेको बताए ।

‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदन अनुसार दोषीलाई त्रिवि र प्रचलित कानुन अनुसार कारबाही गर्छौं ।’

उपकुलपति थापाले आफूहरूको टिम आएपछि बेथिति लगायतका बस्तुस्थितिबारे जानकारीमा आउन थालेकाले अन्य ठाउँमा पनि शुल्क घोटालामा छानबिन गरिने बताए ।

‘राराबमा मात्र होइन । अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ । हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो । बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उनले भने ।

राराब क्याम्पसमा शुक्ल घोटाला भएको विषयमा त्रिविको केन्द्रीय कार्यालयले छानबिन गरेको थियो । उक्त समितिले ठूलो घोटाला भएको प्रतिवेदन तयार पारेको छ । र, दोषीलाई कारबाही गरि रकम फिर्ता लिन सिफारिस गरेको छ । त्रिविको नियममा पनि आर्थिक अनियमितता गर्ने कर्मचारीलाई बर्खास्त गर्नेसम्मको अधिकार छ ।

त्रिविको नियम अनुसार दोषीलाई कारबाही गर्ने प्रतिबद्धता उपकुलपति थापाले जनाएका छन् ।

त्रिविमा विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको यो घटना अहिलेसम्मकै ठूलो हो । घोटाला लुकाउन राराब क्याम्पसका कर्मचारी सञ्जय दासको नेतृवको टोलीले गत २०८२ भदौ २४ को जेनजी आन्दोलनमा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लगाएर धेरै प्रमाण नष्ट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?