+
+

सकियो गण्डकीस्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १४:१९

२१ भदौ, पोखरा । रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले हिमालयन यति पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा ८३.१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५ सय ५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे ।

बुल्स जिमका चेतबहादुर थापाले ४ सय ४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४ सय ३५ उठाएर कास्य पदक जिते ।

६६.१ देखि ७४ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए ।

त्यस्तै विकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते ।

त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूहबीचको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते । त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते ।

५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश विवेक गुरुङ (४४० केजी), विवेक खडका ( ४०२.५ केजी) र मौलादीन मिया (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए ।

५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ (३४२.५ केजी), सन्देश गुरुङ (३४० केजी) र युनिक गुरुङ (३१२.५ केजी) पहिलो, दोस्रो र तेस्रो भए ।

९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । सुमिन परियार (४५७.५ केजी ) र प्रथम श्रेष्ठ (४५२.५ केजी) क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन् । त्यस्तै सरस्वती गुरुङ (३३२ .५ केजी) र गुडु थापा (३२३ केजी) दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी ) पहिलो, दोस्रो र तेस्रो भए ।

५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी ), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी ) पहिलो, दोस्रो र तेस्रो भए ।

त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङ (२७७ .५ केजी), पदमा थापा (२७० केजी ) र सुस्मिता पौडेल (२२३ केजी) पहिलो, दोस्रो र तेस्रो भए । प्रतियोगितामा २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?