+
+

संसदमा उठ्यो अपूर्व क्षितिज सिंहको रिहाईको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:३७

२२ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका छन् ।

संसदमा विशेष समय लिएर उनले आफ्नो हांस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमायाचना गरे पनि थुनामा राखिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह थुनामा छन् ।

शीर्ष नेताहरुले प्रज्ञा भवनमा आफ्नै अगाडी आफूमाथि गरिएका व्यंग्य हाँसेर हेरेको प्रशंग निकाल्दै उनले व्यंग्य गरेकै भरमा थुन्न नहुने बताए ।

भट्टराईले सुरक्षा गार्ड थुनाउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठप्रति व्यंग्य पनि गरे । ‘हुन त यो मुलुकमा मन्त्रीलाई यसो कड्के नजर लगाएर हेर्‍यो भने पनि सुरक्षा गार्डहरु पक्राउ पर्ने देश हो,’ उनले भने, ‘अहिले त्यो खालका मन्त्रीज्यूहरु सत्तामा आसिन हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?