+
+

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १०:५५

२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाएका छन ।

प्रदेशको समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन।

समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कंडेलले बताए ।

उनका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।

जेठ महिनामा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था  छ । त्यसकै पूर्वतयारीका लागि कँडेलले दलहरुबीच साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?