+
+

विराटनगर आईसीपीसम्म कार्गो रेल चलाउन थप पूर्वाधार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:४२
फाइल तस्वीर

२२ भदौ, काठमाडौं । विराटनगर एकीकृत भन्सार जाँच (आईसीपी) सम्म कार्गो रेल सञ्चालन गर्न थप पूर्वाधार निर्माण हुने भएको छ । आईसीपीमा कन्टेनर यार्ड, रेल यार्ड र पहुँच मार्ग निर्माणका लागि ठेक्का आह्वान गरिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

आईसीपीसम्म कार्गो रेलका लागि थप संरचना निर्माणका लागि प्रक्रिया अघि बढेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

‘अहिलेकै पूर्वाधारमा पनि रेल चल्न सक्छ । तर त्यो पर्यप्त छैन् त्यसैले थप पूर्वाधार बनाउन लागिएको हो,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘नयाँ पूर्वाधार एक वर्षभित्रै निर्माण सकिनु पर्नेछ ।’ समितिले ठेक्का सम्झौता प्रक्रिया ३ महिनामै टुंग्याउने पनि उनले बताए ।

आईसीपीमा कन्टेनर यार्ड, रेल यार्डसहित एक किलोमिटर पहुँच मार्ग निर्माणका लागि करिब ७० करोड लागत अनुमान गरिएको समितिले जनाएको छ ।

भारतको बथनाहामा मालवाहक रेल्वे निर्माण भइरहेको छ । सोही रेलमार्गलाई आईसीपीसँग जोड्दा नेपालको व्यापार लागत घट्ने विकास समिमितले जनाएको छ । पूर्वका उद्योगी व्यवसायीहरुले पनि विराटनगर आईसीपीसम्म रेल पहुँचको माग लामो समयदेखि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?