+
+

भन्सार महसुल हटेपछि पुस्तक आयात ह्वातै बढ्यो

राजस्वमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १५:३८

२२ भदौ, काठमाडौं । सरकारले व्यवसायीको लाभका लागि भन्सार महसुल हटाएपछि पुस्तक आयात ह्वातै बढेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापारीले ५१ करोड ३३ लाख ३ हजार मूल्यको ४९ लाख १३ हजार २३ थान पुस्तक आयात गरेका छन् । जुन आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयात भन्दा ११ करोडले धेरै हो ।

आर्थिक वर्ष २०७५/७६ माविना कुनै कर एक अर्ब ८ करोड ९० लाख ८७ हजार मूल्यको १० करोड ४९ लाख ३४ हजार थान पुस्तक नेपाल भित्रिए पछि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७६/७७ को बजेटमार्फत पुस्तकमा १० प्रतिशत भन्सार लगाएका थिए ।

त्यसयता पुस्तकको आयात बिस्तारै ओरोलो लागे पनि पुस्तकको आयातले राजश्वमा दिने योगदान भने बढेको थियो । जेठमा घोषणा भएको बजेटले सोही वर्षको अन्तममसम्म पुस्तकबाट उठ्ने राजश्व बढेर ५ करोड ८१ लाख पुगेको थियो ।

यस्तै आव २०७७/७८ मा पुस्तकमा पुस्तक आयात घटे पनि राजश्व एक करोड १४ लाख पुगेको थियो । तर, पुस्तक व्यापारीहरुले अधिकारकर्मीहरु मार्फत ज्ञानमा कर लगाएको भन्दै पुस्तकमा भन्सार महसुल हटाउन आन्दोलन तीब्र बनाएपछि आव २०७८/७९ मा पुस्तकमा भन्सार महसुल हटेको थियो ।

भन्सार महसुल हटेपछि सो आवमा ८१ करोड १७ लाख २८ हजार लागतको ७७ लाख ६ हजार ७८५ थान पुस्तक नेपाल भित्रिएको थियो । सो वर्ष पुस्तकबाट जम्मा ६२ लाख ३७ हजार राजश्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?