+
+

देवकोटाको घर भत्काएको विषयमा प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई सर्वोच्चले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:१८

२३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

अदालतको आदेश विपरीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएको भन्दै उप्रेती विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामाथि भदौ २१ गते सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कुलपति उप्रेतीलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायलाई पनि अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

मैतीदेवीस्थित महाकवि देवकोटाको घर भत्काएर संग्राहलय बनाउने योजना अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानले २१ साउन २०७८ मा उनको पुरानो घर भत्काएको थियो । घर भत्काएको विरुद्ध सर्वोच्चमा परेको रिटमा १३ भदौ ०७८ मा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्विक महत्वको भएकाले पुरात्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको थियो ।

संग्रहालय बनाउन भन्दै देवकोटा परिवारबाट प्रतिष्ठानले २ करोड ५० लाखमा घर किनेको थियो । प्रतिष्ठानले आर्थिक वर्ष ०७७/७८को आफ्नो योजनामा देवकोटाको घरलाई संग्रहालय बनाउने योजना राखेका थिए । उक्त योजना अनुसार प्रतिष्ठानले २ वर्षभित्र देवकोटाको घरलाई संग्रहलय बनाउने तयारी गरेको छ ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?