+
+

संगीतकार सन्तोषको उपन्यास फरैना बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते ७:१३

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको ‘फरैना’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपन्यास सार्वजनिक गरिएको हो ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो । महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सांसद शान्ता चौधरीले बताइन् । उनले भनिन, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटें’ निरन्तर आँसु बगिरह्यो ।’

गीतकार कृष्णहरि बरालले उपन्यासमा मानवीय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको सुनाए ।

नायक राजेश हमालले मान्छेका हरेक संवेदनाहरूको चित्रण उपन्यसामा गरिएको भन्दै फरैनाको प्रसंसा गरे । उनले भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो ।’

त्यस्तै संविधानविद् भिमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बनोट लोभलाग्दो भएको टिप्पणी गरे ।

लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याउँदै भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको छ ।’

इन्डिगो इन्कबाट प्रकाशित यो उपन्यासको मूल्य ३९९ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?