+
+

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १७:४९

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनय गर्न धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्वयं धीरजले स्वीकार गरिसकेका छन् । निर्माता सुनिलकुमार थापाले पनि आफूसँग त्यति रकम मागिएको पुष्टि गरिसकेका छन् ।

फिल्मको नायिकामा सुहाना थापा हुनेछिन् । ‘ए मेरो हजुर ४’ पछि उनको यो अर्को होम प्रोडक्सन फिल्म हो । विगतमा सुहानाले धीरजलाई राम्रो कलाकार रहेको भन्दै अन्तर्वार्तामा प्रशंसा पनि गर्ने गरेकी थिइन् । तर आफ्नै घरको फिल्म खेल्न मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेपछि सुहानाले चित्त दुखाएकी छन् ।

आफूद्वारा आश्रित विपन्न बालबालिकाकालाई फिल्म ‘ऐना झ्यालको पुतली’ हेराउन आयोजित जमघटमा सुहानालाई मिडियाले यस सन्दर्भमा प्रश्न गरेका थिए । जवाफमा सुहानाले धीरजलाई ‘उहाँ राम्रो कलाकार हो’ भन्दै संक्षिप्त जवाफ दिएकी थिइन् ।

एउटा प्रश्नको जवाफ अर्को आउनुलाई सुहाना धीरजप्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ । सुहानाको जवाफ र उनको बडी ल्यांग्वेजले उनले चित्त दुःखाएको बुझ्न सकिन्छ ।

निर्माता थापाले चाहिं नयाँ हिरो लिएर फिल्म बनाउने बताइरहेका छन् भने धीरजले चाहिं आफूलाई फिल्म अप्रोच गरिएको, तर स्क्रिप्ट नपाएको बताएका छन् । भगवत् गीता फिल्म दशैंपछि छायांकनमा जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?