+
+

चुनावअघि लालपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते २०:२८

३० भदौ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो ।

आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगले सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरी स्वीकृत भएको वैदेशिक भ्रमणबाहेक नेपल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट खर्च हुने गरी वैदेशिक भ्रमण गर्न नपाइने आयोगको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?