+
+

हावामै चार्ज हुनेछन् स्मार्टफोन, चाहिने छैन तार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १०:५६

काठमाडौं । आफ्नो स्मार्टफोन चार्ज गर्न तपाईं कुन–कुन तरिका प्रयोग गर्नुहुन्छ ? तारयुक्त चार्जर वा वायरलेस चार्जिङ प्रविधि । वायर्ड चार्जरमा पनि विभिन्न खालका अप्सन उपलब्ध छन् । यसमा फास्ट तथा सुपरफास्ट चार्जिङ जस्ता विकल्प हुन्छन् । तर तपाईंको फोन चार्ज गर्नका लागि विद्यमान तारयुक्त चार्जर वा वायरलेस चार्जिङ दुबै आवश्यक पर्नेछैन भविष्यमा । किनकी हावाले नै स्मार्टफोन चार्ज गरिदिनेछ ।

जसरी हाल वास्तविक वायरलेस इयरफोनको प्रयोग आज तपाईं गरिरहनुभएको छ त्यस्तै ट्रू वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुनेछ । उक्त प्रविधिको नाम Over The Air चार्जिङ टेक्नोलोजी हो । यो प्रविधिमा स्मार्टफोनलाई कुनै तारविनै हावामै चार्ज गर्न सकिनेछ ।

सन् २०२१ को सुरुवातमा शाओमी तथा अन्य कम्पनीहरुले यो प्रविधिमा काम गरिरहेको बताएका थिए । शाओमी कम्पनीले यसको नमूना पनि देखाएको थियो जसमा चार्जिङ बक्समा १४४ एन्टिनाको प्रयोग गरिएको थियो ।

इसको सहयोगमा वेभ सिग्नल प्रशारण हुन्छन् । ती सिग्नलहरु १४ एन्टिनाको सहयोगमा स्मार्टफोनसम्म पुग्दछन् । जसले सिग्नललाई ५ वाटको ऊर्जामा बदलिदिन्छ । यसबाट स्र्माफोन हावामै चार्ज हुन थाल्दछ । कम्पनीले यो प्रविधिलाई Mi Air Charger नाम दिएको छ ।

सन् १९०१ बाटै प्रयास जारी

ट्रू वायलेस चार्जिङ प्रविधि तयार गर्ने कोसिस गरिरहेको शाओमी पहिलो कम्पनी भने होइन । सन् १९०१ म निकोला टेस्लाले न्युयोर्कस्थित लङ्ग आइल्याण्डमा आफ्नो प्रयोगका क्रममा वार्डेनक्लिफ टावर भनिने टेस्ला टावर बनाएका थिए । उक्त प्रयोग वायरलेस पावर ट्रान्समिसनसँग सम्बन्धित थियो । भलै यो प्रविधि बजारमा आयो तर मानिसले यसलाई खासै मन पराएनन् जसका कारण यो आम प्रयोगकर्तासम्म अझै पनि पुग्न सकेको छैन । यसका विभिन्न कारण छन् ।

शाओमीले पनि जुन प्रविधि ल्याएको थियो त्यसमा केवल ५ वाटको चार्जिङ उपलब्ध थियो । १५० वाटसम्मको फास्ट चार्जिङ को जमानामा ५ वाटको चार्जिङ कसलाई चाहिन्छ र ? अझ वास्तविक वायरलेस चार्जिङका लागि थप अतिरिक्त पाटपुर्जा जडान गर्नुपर्ने हुन्छ । जुन झण्झटिलो हुन्छ ।

प्रविधि हरेक दिन विकसित भैरहेको हुन्छ र विद्यमान प्रविधि जगत हरेक पल पहिले भन्दा उत्कृष्ट भइरहेको हुन्छ । त्यसैले विश्वास गरौं कुनैदिन हावाबाट मोबाइल चार्ज गर्ने प्रविधि पनि सहज तथा सुलभ होला । प्रयोगकर्तालाई थप पाटपुर्जा जोड्ने झण्झट नहोला र चार्जिङ स्पीड पनि बढी हुन सक्ला ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?