+
+

प्रेस युनियन सुनसरीले प्रदान गर्‍यो पत्रकार क्षेत्रीलाई बीमावापतको एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ११:५८

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले सवारी दुर्घटनामा परेका पत्रकार मित्र क्षेत्रीलाई बीमावापतको एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

प्रेस चौतारी नेपाल दुहबीका नगर संयोजक समेत रहेको क्षेत्रीलाई शुक्रबार उनको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरीलगायतले रकम हस्तान्तरण गरेका हुन् ।

युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्समा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । बीमित पत्रकार क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए ।

युनियन सुनसरीले यसअघि पत्रकार मनोज दाहाललाई पनि बीमावापतको एक लाख रुपैयाँ प्रदान गरेको थियो । रकम हस्तान्तरणपछि अध्यक्ष अधिकारीले भने, ‘प्रेस युनियनले पत्रकारहरुको समस्यामा मल्हमपट्टी लगाउने प्रयास गरेको हो । संगठनको नेतृत्व गर्नु भनेको अतिथि आसन ग्रहण गर्न मात्रै होइन, पत्रकारको समस्यामा काम गर्नका लागि हामी जुनसुकै बेला तत्पर छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?