+
+

इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १४:१४

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी कलेजले प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

कलेजले यो छात्रवृत्ति पुरस्कारले  एकाडेमिक, एटेन्डेन्स र एटिच्यूडलाई एकैसत्रूमा बाँध्ने विश्वास गरेको छ । शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहितका लागि एएए छात्रवृत्ति पुरस्कार वितरणको उदेश्य रहेको कलेजको भनाइ छ ।

यस छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना विद्यार्थीहरुले आवेदक दिएका थिए । २ करोड रुपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक सदस्यहरूले योग्यताका आधारमा ६४ विद्यार्थीहरू छनोट गरेका थिए ।

छनोटमा परेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?