
काठमाडौं । पछिल्लो समय नेपाली तन्नेरीमाझ एनिमे क्रेज बढिरहेको छ । एनिमे फिल्म प्रदर्शनमा आउन लागेका छन् भने एनिमे चरित्रमा सजिएर किशोरकिशोरीले आफूलाई प्रस्तुत गर्न पनि थालेका छन् ।
काठमाडैंमा आयोजित ओताकु जात्रामा पनि तन्नेरीले आफूलाई मनपर्ने जापानी र दक्षिण कोरियाली एनिमे र मांगा सिरिजका चरित्रमा आफूलाई प्रस्तुत गरे । बबरमहलको कार्की ब्यांक्वेटमा तन्नेरीहरु विभिन्न हुलियामा फोटो खिचाउँदै थिए ।
नेपाली जात्रा संस्कृतिलाई एनिमे, कमिक र पप ट्रेन्डसँग जोड्न यो जमघट आयोजना गरिएको हो । इभेन्टमा कस्प्ले प्रतिस्पर्धा, के-पप डान्स कम्पिटिसन, मोबाइल गेमिङ कम्पिटिसन लगायत गरिएको थियो ।
प्रतिस्पर्धाका विजेताले बंगलादेशका कमिक कन, दिल्ली कमिक कन र एनिमे कमिक कनजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिस्पर्धाको मौका पाउनेछन् ।
केही वर्षदेखि हुँदै आएको ओताकु जात्रालाई नेपालको सबैभन्दा ठूलो कमिक, एनिमे र पप-कल्चर जमघट पनि मानिन्छ । एनिमे र कमिक फ्यानको नेपाली सोसाइटीले ओताकुले जात्रा गर्दै आएको छ ।
तस्वीर : सागर फोटोग्राफी एण्ड टीम
प्रतिक्रिया 4