+
+

केही दिनभित्र पीपीए खुल्छ : कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:१३
फाइल तस्वीर

२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ध्यानाकर्षण गराएपछि उनले त्यसबारेमा सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने बताए ।

उनले अब खुल्ने आरओआरको पीपीए ‘क्यू ४०’ मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै कसैलाई पछि क्यू २५ मा जान इच्छा भए जान सकिने प्रावधान राखिने जानकारी समेत दिए ।

आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग भेटी पीपीएको प्रक्रिया कहिलेबाट अघि बढ्छ भन्ने सम्बन्धमा जानकारी गराउन लिखित माग गरेपछि उनले यस्तो जानकारी दिएका हुन् ।

इप्पानले ‘जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा बिद्युत खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०७९’ ले विगत साढे तीन वर्षदेखि रोकिएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने व्यवस्था गरे पनि आजसम्म पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेपछि इप्पानले यस्तो माग गरको हो ।

उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर, प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ ।

अहिले पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिक रुपमा जानकारी माग गरे पनि इप्पान नै सो विषयमा प्रष्ट नभएको हुदा जवाफ दिन नसकिरहेको इप्पानले उल्लेख गरको छ । यस्तो अन्योल हटाउन र ऊर्जा उद्यमीहरुलाई मानसिक तनाबबाट मुक्त गर्न पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी दिन इप्पानको माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?