+
+
Shares

मानव अधिकार आयोगले भन्यो : बाढीपीडितको उद्धार, राहत र बसोबासको व्यवस्था गर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १५:४५

४ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितको पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतका जिल्लामा बाढी, पहिरो र डुबानका कारण ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते, १२ जना बेपत्ता भएका छन् । तयस्तै ४ हजार ५१ घरपरिवार विस्थापित भएको भन्दै आयोगले पीडितको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थाबारे अनुगमनसमेत गरेको छ । बाढी पहिरो पीडितको घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरू पशु चौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्नुपरिरहेकोले बालबालिका, वृद्धवृदाहरू र असहायहरूलाई समस्या परिरहेको, खाद्यान्न अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको आयोगले जनाएको छ ।

‘बाढीबाट बिस्थापितहरूको लागि तत्कालै गास, बासको उचित व्यवस्था हुन नसक्दा प्रभावितहरू कष्टकर जीवन बिताउन बाध्य भएको पाइएको छ’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘बाढीका कारण सयौं चौपाया मरेको र स्थानीयहरू चौपायासहित अव्यवस्थितरूपमा सडकमा बसिरहेकाले खानेपानी तथा सरसफाइको अभावमा विभिन्न रोगको सङ्क्रमण हुनसक्ने जोखिम देखिएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?