+
+

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ११:१२

६ असोज, धनगढी । कैलालीमा बिहीबार बिहान भएको हत्या घटना संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए । डीएपी पाण्डेकाअनुसार अहिले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । तर, हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।

शेरबहादुर बुधबार मात्र भारतबाट फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?