+
+

सुर्खेतका एक युवक कैलालीमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १०:००

११ चैत, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?