+
+

कैलालीमा आगलागीबाट ५० बिघा १८ कठ्ठाको गहुँबाली नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते २०:३४

८ वैशाख, धनगढी । कैलालीमा आगलागी हुँदा करीब ५१ बिघामा काटिएको गहुँबालीमा क्षति पुगेको छ ।

जोशीपुर गाउँपालिका–६ को पकरिया र बर्दगोरिया गाउँपालिका–६ को जकाईमा शनिबार दिउँसो खेतबारीमा आगलागी हुँदा ५० बिघा १८ कठ्ठा क्षेत्रफलको गहुँबाली जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले जोशीपुर–६ को पकरियामा अन्दाजी ५० बिघा क्षेत्रफलमा काटेर थुप्रो बनाएर राखेको गहुँबाली जलेको जानकारी दिए । उनकाअनुसार उक्त गहुँबालीमा नजिकैको घरमा बालेको आगो सल्केर आगलागी भएको थियो ।

यस्तै बर्दगोरिया–६ जकाईकी २४ वर्षीय विपना गड्सिलाले फोहोर जलाउने क्रममा नजिकैको खेतमा गहुँबारीमा आगलागी हुँदा १८ कठ्ठाको गहुँ जलेको डीएसपी बोहराले बताए । उनका अनुसार घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?