+
+

सिट बाँडफाँटमा सहमति खोज्न गठबन्धनको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ११:३२
फाइल तस्वीर

६ असोज, काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि  सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ ।

सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ । जनमोर्चा नेता तथा कार्यदलका सदस्य हिमलाल पुरीले दलहरुले दाबी गरेको सीटमा घट्न तयार नरहेकाले सहमति जुट्न नसकिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?