+
+

सेना परिचालनको घोषणापछि रुस छाड्नेहरु बढे, विस्थापितलाई जर्मनीले आश्रय दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते ७:३१

७ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने समाचारहरु पनि सार्वजनिक भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्नु परेको उनले बुधबारको सम्बोधनमा भने ।

त्यसका लागि करिब तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ ।

सेना परिचालनसँगै युक्रेनमा रुसले आक्रमण गरेको विरोध गर्ने रुसी नागरिकहरु निशानामा परेपछि धेरैले देश छाडिरहेका छन् । फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सीमा पार गर्न खोज्नेहरुको पाँच किलोमिटरसम्म लामो लाइन पनि देखिएको बीबीसीले जनाएको छ ।

कतिपय सेना परिचालनको विरोधमा प्रदर्शनमा पनि उत्रिएका छन् । सरकारले बुधबार इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेहरुलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो । यो चेतावनीसँगै रुसबाट पलायनहरुको संख्या पनि बढेको हो । युक्रेनमा रुसले आक्रमणको गरेको विरोध गर्ने धेरैजसो सामाजिक कार्यकर्ताहरु मस्को र सेन्टपिटर्सबर्गबाट पक्राउ परेका छन् । यसैगरी साइबेरियाई शहररु इरकुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको छ ।

यसैबीच जर्मनीका एक मन्त्रीले रुसबाट पलायन भएकाहरुलाई शरण दिने जनाएका छन् । ‘गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,’ गृहमन्त्री न्यान्सी फेसरले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?