+
+

भुवन केसीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने सूची’मा, पल शाहको पेशी असोज २६ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १४:१७

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । शुक्रबार यो मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति बेलुकासम्म आउने बताए । अबको पेशी दशैंपछि तोकिन सक्ने सम्भावना रहेको उनले बताए ।

नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् ।

अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि भुवनको मुद्दाको पेशी सर्दै आएको छ ।

भुवनलाई बोर्ड अध्यक्षको रुपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरुको जिकिर छ । अध्यक्ष बन्न स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग छ ।

यसैबीच, बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल (पूर्णविक्रम शाह)को पेशी असोज २६ गतेलाई तोकिएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?