+
+

यस्तो बन्दैछ संसारकै लामो समुद्रमुनिको रेलवे सुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १४:५२

७ असोज, काठमाडौं । बाल्टिक सागरको ४० मिटर मुनि विश्वको सबैभनदा ठूलो रेल सुरुङमार्गको काम पछिल्लो दिनमा तिव्र रुपमा चलिरहेको छ । यो सुरुङले जर्मनी र डेनमार्कलाई आपसमा जोड्नेछ र यो रेलसुरुङका कारण दुई देशबीच यात्रा गर्नमा लाग्ने समय निकै घट्नेछ ।

उक्त सुरुङको योजना निर्माणमै १० वर्ष लाग्यो र सन् २०२० मा मात्रै यसको निर्माण कार्य सुरु भएको हो । यो रेलसुरुङ मार्गको नाम फेहमर्नबेल्ट रेल टनेल हो ।

यो सुरुङको डेनमार्कतर्फको भागमा एक अस्थायी बन्दरगताह निर्माण कार्य पूरा भइसकेको छ । यो बन्दरगाहले त्यस्तो कारखानाको रुपमा काम गर्नेछ जसको सहयोगमा ८९ वटा ठूला कंक्रिटका स्टेशन तयार हुनेछन् । ती स्टेशन उक्त सुरुङका अहम हिस्सा हुनेछन् ।

१८ किलोमिटर लामो रेल सुरुङ

यो सुरुङ करीब १८ किलोमिटर लामो हुनेछ । यो युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो जसको बजेट ७ अर्ब १० करोड डलर भन्दा धेरै छ । यो सुरुङ बनाउने जिम्मा डेनमार्कको फेमर्न ए एसले प्राप्त गरेको छ । कम्पनीका सिइओ हेनरिक भिन्सेन्टसेनका अनुसार पहिलो प्रोडक्सन लाइन यहीँ वर्षको अन्त्यसम्म वा सन् २०२३ को सुरुवात सम्ममा तयार हुनेछ ।

फ्रान्स र इंगल्याण्डलाई जोड्ने च्यानल सुरुङ चाहीँ ५० किलोमिटर लामो छ । सन् १९९३ मा यसको निर्माण कार्य पूरा भएको थियो र त्यो निर्माणमा १ करोड ३६ लाख डलर खर्च भएको थियो ।

च्यानल सुरुङ फेहमर्नबेल्ट सुरुङ भन्दा लामो छ तर उक्त सुरुङ तयस समय बोरिंग मेसिनको सहयोगमा बनाइएको थियो । फेहमर्नबेल्ट पहिलो यस्तो रेल सुरुङ हो जुन समुद्रको मुनिबाट गुज्रिन्छ र खण्ड खण्डको सहयोगमा तयार गरिँदैछ ।

केवल ७ मिनेटको समय

यो सुरुङ फेहमर्नबेल्टको तलबाट निस्कनेछ । यो त्यो हिस्सा हो जसले जर्मनीको फेहमर्न टापु र डेनमार्कको लोलल्याण्डलाई आपसमा जोड्दछ । हाल मानिसहरु यसलाई डुंगामा चढेर पार गर्दछन् ।

यो सुरुङको उद्धेश्य हाल ४५ मिनेट लाग्ने उक्त यात्रालाई केवल ७ मिनेटमा झार्नु हो । हरेक वर्ष लाखौँ मानिसहरु रोड्बी तथा पुटगार्डेनको बीचको मार्ग पानी जहाज तथा डुंगाको सहयोगमा तय गर्दछन् ।

फेहमर्नबेल्ट सुरुङको आधिकारिक नाम फेहमर्नबेल्ट टनेल फिक्स्ड लाइन हो । यो विश्वको यस्तो पहिलो सुरुङ हो जहाँ सडक र रेलमार्ग दुबै हुनेछ । यो सुरुङमा विद्युतीय रेलमार्गका अतिरिक्त गाडी गुड्ने दुई लेनको सडक भएको एक सर्भिस लेन पनि हुनेछ ।

कम्पनीका प्राविधिक निर्देशक जीन ओले कासुलन्दका अनुसार हाल कोपनहेगनबाट ह्याम्बर्गसम्म रेलको यात्रा गर्न साढे ४ घण्टा लाग्दछ । यो रेल सुरुङमार्ग बनेसँगै केवल साढे २ घण्टामै उक्त दूरी पार गरिनेछ ।

सन् २००८ मा सुरु भएको थियो परियोजना

यो रेलसुरुङ परियोजनाको सुरुवात सन् २००८ मै भएको थियो । त्यसबेला जर्मनी र डेनमार्कबीच यस विषयमा एक सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि दुई देशबीच रेलमार्ग निर्माणसँग सम्बन्धित कानूनी कार्यवाही तथा प्राविधिक कमीहरु पूरा गर्नमा एक दशकको समय लाग्यो । उक्त सुरुङ पर्यावरणीय नियमको विपरित रहेको भन्दै जर्मनीका विभिन्न संगठनहरुले यसको विरोध पनि गरेका थिए ।

सन् २०२० को नोभेम्बरमा जर्मनीको एक अदालतले उक्त रेलसुरुङ को विरुद्धमा परेका सबै मुद्दाहरु खारेज गरिदियो जसका कारण यो परियोजना अगाडि बढ्यो । डेनमार्कको तर्फबाट एक अस्थायी बन्दरगाहको निर्माणकार्य पूरा भएसँगै हाल विभिन्न चरणका कामहरु जरी छन् ।

सुरुङका विभिन्न खण्डको निर्माण हुनेछ । जसमा हरेक सुरुङहरु २१७ मिटर लामो, ४२ मिटर चौडा र ९ मिटर अग्लो हुनेछन् । हरेक खण्डको वजन ७३००० मेट्रिक टन अर्थात् १३००० हात्तीको वजनभन्दा पनि बढि हुनेछ । यो परियोजना निर्माणका लागि २५ सय मानिस खटिएका छन् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?