+
+

आज पनि मौसम आंशिकदेखि पूर्ण बदली हुने, केही ठाउँमा भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते ६:५८

८ असोज, काठमाडौं । आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो भने देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्ला दिन मौसम नियमित रुपमा बदली भएको छ । जसका कारण बाढी-पहिरोले सडकहरू अवरुद्ध हुँदा दशैंको लागि घर फर्किने यात्रु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?